काठमाडौँ - आज मन्त्रिपरिषदको बैठक बस्दैछ। सिंहदरबारमा दिउसो ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय लिने बताइएको छ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आज मध्यरातिदेखि अवकाशमा जाँदै छन्। ५ जना अतिरिक्त महानिरीक्षकहरु आईजीपीका दाबेदार हुन्। चैत ६ गते सरकारले वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो।