विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध जिम्बाबेको जित

काठमाडौँ - टी-२० विश्व कप क्रिकेटको विगतका दुई संस्करण गुमाएको जिम्बाबेले यसपटक गतिलो सुरुवात गरेको छ। अष्ट्रेलियाको होबार्टमा सोमबार भएको खेलमा जिम्बाबेले आयरल्याण्डलाई ३१ रनले हराएको हो।

पहिले ब्याटिङ गर्दै उसले ७ विकेट गुमाएर १७४ रन बनायो। सिकन्दरले ८२ र ल्यूक जोङ्वीले नटआउट २० रन बनाएका थिए। सिकन्दरले ४८ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए।

आयरल्याण्डका लागि जश लिट्लले ३ तथा मार्क र सिमी सिंहले २-२ विकेट लिएका थिए। १७५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर मात्र १४३ रन मात्रै बनाउन सक्यो। उसका लागि कर्टिस क्याम्फरले २७ र डेलानीले २४ रन बनाएका थिए। जिम्बाबेका लागि ब्लेसिङ मुजरबानीलले ३ तथा रिचार्ड र तेन्डाई चतराले २-२ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×