काठमाडौँ। गायक सागर बुढाथोकीको आवाज, शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'पोखरेली सहर' बोलको उक्त गीतको भिडियोमा सागर बुढाथोकी र शिवानी कुँवरको अभिनय रहेको छ।राजकुमार श्रेष्ठको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो अशोक भुजेलको निर्देशनमा तयार भएको हो। भिडियो 'मधुर आर्ट' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: