काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छनन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उनीहरूले सो प्रमाणपत्र पेश गरेका हुन्।
प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूहरू नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।