आईएसएलमा बेंगलुरुको जित

काठमाडौँ - इन्डियन सुपर लिग आईएसएलको आफ्नो पहिलो खेलमा बेंगलुरु फुटबल क्लबले जित निकालेको छ। बैंगलोरको श्रीकन्थीरावा स्टेडियममा खेलिएको खेलमा बेंगलुरुले नर्थइस्ट युनाइटेड एफसीलाई १-० ले हराएर ३ अंक जोडेको हो।

खेलको ८७ मिनेटमा डिफेन्डर एलेन कोस्टाले एक मात्र गोल गरेका थिए ।ब्राजिलयन खेलाडी कोस्टा म्यान अफ द म्याच बनेका थिए। खेलको ८७ औं मिनेटमा कोस्टाले हेडरमार्फत बललाई गोलमा परिणत गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा नर्थ ईस्टका डिफेन्सिभ मिडफिल्डर जोन गज्जटानागाले बक्स बाहिरबाट प्रहार गरेको बल गोलपोष्टमा पुगे पनि म्याच रेफ्री राहुल कुमार गुप्ताले त्यसलाई मान्यता दिएको थिएन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×