एक वर्षपछि कोर्टमा फर्किइन् सेरेना

काठमाडौँ - २३ पटकको ग्राण्डस्लाम एकल विजेता सेरेना विलियम्स एक वर्षपछि कोर्टमा फर्किएकी छन्।

विम्बल्डनको अभ्यास प्रतियोगिता इस्टबोर्नमा महिला युगल खेल जितेर उनी कोर्टमा फर्किएकी हुन्। सेरेना कोर्टमा पुग्दा दर्शकले उठेर अभिवादन गरेका थिए। डेढ घण्टापछि दर्शकले उनको जितको खुशी मनाएका थिए।

सेरेनाले ट्युनिसियाकी ओन्स जबुरसँग मिलेर महिला युगलको पहिलो सेटमा स्पेनकी सारा सोरिबेस टोर्मो र चेक गणतन्त्रकी मारी बुज्कोभालाई २-६, ६-३, १३-११ ले हराएर पुनरागमन गरिन्। 

विम्बल्डनमा वाइल्ड कार्ड एन्ट्री जितेका ४० वर्षीया सेरेनाले जितसँगै कम्तिमा एक थप प्रतिस्पर्धात्मक खेल खेल्न पाउनेछिन्। 

विम्बल्डन सोमबार (जुन २७) बाट सुरु हुँदैछ। पूर्वविश्व नम्बर एक सेरेनाको एकलमा हालको वरीयता १ हजार २०४ रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×