वसन्त शाही ठकुरी यू-१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ। लुम्बिनी प्रदेशका वसन्त शाही ठकुरी यू-१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। वसन्तको प्रशिक्षकमा नेपाली यू-१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द प्रशिक्षण थाल्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वसन्त यू-१९ को मुख्य प्रशिक्षक हुने जनाएका छन्। वसन्तकै प्रशिक्षकमा लुम्बिनी प्रदेशले आइतबार काठमाडौंमा सम्पन्न यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो। उनले नेपाली सिनियर टोलीको सहायक तथा यू१६ टोलीको प्रशिक्षकको रुपमा काम गरि सकेका छन्।

यू-१९ एसिया कप डिसेम्बर २० देखि सुरु हुने बुझिएको छ। तर क्यान र एसियन क्रिकेट काउन्सिलले औपचारिक रुपमा घोषणा भने गरेको छैन। एसिया कपको लागि नेपालले प्रारम्भिक २० टोली घोषणा गरेको छ।

नेपालको प्रारम्भिक यू-१९ टोली :

देव खनाल, मोहम्मद हसन, बहिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपक कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×