मेस्सी कोरोनामुक्त

काठमाडौँ। स्टार खेलाडी लियोनल मेस्सीकाे कोभिड-१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन्। फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीकाे कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएकाे छ।  

क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ। संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए। किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४-० को सहज जित निकालेको थियो।

गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन्। पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×