पुरानै कलाकार समेटेर ‘झिँगेदाउ’को सिक्वेल बन्ने

काठमाडौँ - यो वर्ष बक्स अफिसमा हिट भएको फिल्म ‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सिक्वेल निर्माणको तयारी थालिसकेका छन्। फिल्मको कथा लेखनमा महेश दवाडी व्यस्त छन्।

नयाँ वर्षको सुरुवातसँगै ‘झिँगेदाउ’को सिक्वेल छायांकनमा लिएर निस्कने तयारीमा रहेको ज्ञानेन्द्र देउजाले बताएका छन्। ७ वर्षपछि ‘झिँगेदाउ’मार्फत निर्देशनमा फर्किएका देउजालाई यो फिल्म फूल साबित गरिदियो। त्यसैले पनि उनले नामको मोह छाड्न नचाहेको देखिन्छ। त्यसैले उनी हिट फिल्मको सिक्वेल निर्माणमा लागेका हुन्।

‘झिँगेदाउ’को सिक्वेल बनाउनुअघि देउजाले छविराज ओझाको ‘जेल ब्रेकर’ निर्देशन गर्ने छन्। उनी अहिले यही फिल्मको काममा व्यस्त छन्। ‘जेल ब्रेकर’पछि बाहिरि ब्यानरका अन्य २ फिल्म गर्ने तयारीमा देउजा रहेको बताइएको छ।

‘झिँगेदाउ’को सिक्वेलको कथा बन्दै गर्दा देउजाले दोस्रो सिक्वलको लगानी ठूलो हुने बताएका छन्। पहिलो फिल्म दर्शकले मन पराएका कारण त्यो भन्दा अब्बल सिनेमा बनाउन लगानी पनि बढाउनुपर्ने देउजाको तर्क छ। ‘झिँगेदाउ’को सिक्वेलमा केकी अधिकारी, आँचल शर्मा, मुकल भुसाल र कुशल विष्ट नै दोहोरीने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×