काठमाडौँ। नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिएको छ। मार्चपासको नेतृत्व नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र नागरिक अगुवा नारायण वाग्लेले गरेका थिए।
आजको आन्दोलको दृश्य देख्दा के प्रस्ट भएको छ भने हरेक दिन बारको आन्दोलन कमजोर र फितलो हुदै गइरहेको छ। वकिलहरूको निहित स्वार्थ र अराजगता साथै नागरिक अगुवाहरूले आन्दोलनलाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्दै आएको कुरामा जनता सबै प्रस्ट हुदै गएपछि बारको आन्दोलन कमजोर बन्दै गएको छ भने साथ दिनेहरु रफ्तारमा घट्दै गएका छन्।
बिहीबार गरिएको मार्चपासमा भने आन्दोलनकारी भन्दा प्रहरी बढी देखिएका थिए। कति सम्म भने मार्चपासमा बारकै धेरैकानून व्यवसायी सहभागी थिएनन् भने नागरिक समाजको प्रतिनिधित्व सधै आन्दोलनमा देखिनेअनुहार बाहेक कुनै नयाँ अनुहार सहभागी थिएनन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अदालतको सुधारको पक्षमा निरन्तररुपमा अविरामरुपमा लागिरहेका छन् र सम्पूर्ण आमजनता उनको पक्षमा एकजुट भएर उभिएका छन्।