अभिनेत्री प्रियंका चोपडा समबन्धबिच्छेद गर्दै?

भारत। बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको जोडी निकै सुन्दर जोडी मानिन्छ। बलिउडदेखि हलिउडसम्म चर्चा कमाएको यो जोडीको अहिले सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा भइरहेको छ। सोमवार अभिनेत्री प्रियंकाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा अचानक आफ्नो परिचय परिवर्तन गरेपछी यो चर्चा सुरु भएको हो। उनले आफ्नो नामपछाडी रहेको पति निकको थर जोनस हटाएकी छिन्। जसले गर्दा उनका प्रशंसकहरुमा चिन्ता बढेको छ। धेरैले उनीहरुको समबन्धबिच्छेद हुन लागेको अनुमान लगाईरहेका छन्। केहि समयअघि मात्र दक्षिण भारतीय चलचित्रकी अभिनेत्री सामन्था अक्किनेनीले पनि समबन्धबिच्छेद अघि आफ्नो सामाजिक सञ्जालबाट पतिको थर हटाएकी थिइन्। र, पतिसँग सम्बन्ध चिसिएको संकेत दिएकी थिइन्। प्रियंकाले के कति कारणले यस्तो गरिन् भन्ने कुरा भविस्यमा थाह हुने नै छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×