कमठमाडौँ - ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन्।
यसमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशन बाबु जिम्बाको रहेको छ। भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ।
सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो।