काठमाडौँ - आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि ६ जना नेपाली टेनिस खेलाडी छनोट भएका छन्। ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ छानिएका छन्।
क्वालिफाइङ जुन १३ देखि १८ सम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ। सातै राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। ब्वाइज/गर्ल्समा पहिलो र दोस्रो हुने राष्ट्र फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन्। फाइनल प्रतियोगिता काजकिस्तानमा हुँदैछ।