बलिउडमा सबैभन्दा बढी अभिनय गर्ने पहिलो सूचीमा अभिनेत्री ललिता पवार

काठमाडौँ - बलिउडमा हरेक वर्ष कति नयाँ फिल्म बन्छन् कमैलाई हेक्का हुन्छ। त्यसमध्ये हिट भएका मात्रै दर्शक र सिनेमा लभरहरूले याद गर्छन्। तर, फिल्ममा देखिएका कलाकारहरूले अहिलेसम्म कति वटा फिल्ममा अभिनय गरेका छन् भन्ने धेरै चासो हुन्छ। विश्वमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने रेकर्ड दक्षिण भारतीय अभिनेत्री मनोरमाको नाममा छ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले बलिउडमा सर्वाधिक फिल्ममा अभिनय गरेका छन्। यो सूचीमा पहिलो नाम अभिनेत्री ललिता पवारको आउँछ। ललितालाई बलिउडको ‘फस्र्ट लेडी’ पनि भनिन्छ। सन् १९२८ मा फिल्मी करियर सुरु गरेकी ललिताले सन् १९९८ सम्म करिब सात सय फिल्ममा अभियन गरेकी थिइन्।।

सन् ८० देखि ९० को दशकमा ललिता भिलेन चरित्रमा निकै लोकप्रिय रहिन्। उनले ‘चतुर सुन्दरी’, ‘श्री ४२०’, ‘दलेर’, ‘पृथ्वीराज चौहान’ जस्ता फिल्ममा अभिनय गरिन्। उनले रामानन्द सागरको प्रख्यात धार्मिक टेलिफिल्म ‘रामायण’मा मन्थराको चरित्रमा विशेष पहिचान बनाएकी थिइन्।

सन् १९७४ मा फिल्मी करियर सुरुवात गरेका अभिनेता शक्ति कपुरले कैयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन्। उनले करिब सात सय फिल्ममा काम गरेका छन्। सन् ८० देखि ९० को दशकमा उनी कमेडी र भिलेन चरित्रमा लोकप्रिय थिए।

अभिनेता अनुपम खेरले पाँच सयभन्दा बढी फिल्ममा काम गरेका छन्। उनको फिल्मी करियरको सुरुवात सन् १९८४ को फिल्म ‘सारांश’बाट भएको थियो। यो फिल्ममा २९ वर्षका अनुपमले एक ६५ वर्षको व्यक्तिको भूमिका निर्वाह गरेका थिए।

६ दशकदेखि बलिउडमा अलग पहिचान बनाएकी अरुणा इरानीले हालसम्म पाँच सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। उनले सन् १९६१ मा फिल्म ‘गंगा जमुना’बाट फिल्मी करियर सुरुवात गरेकी थिइन्।

बलिउडमा कैयौं आइकोनिक भिलेनको भूमिका अभिनेता अमरीश पुरीले पनि निर्वाह गरेका छन्। उनले सन् १९६७ देखि सन् २००५ सम्म करिब चार सय ५० फिल्ममा अभिनय गरेका थिए।

अभिनेता ओम पुरीले पनि तीन सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×