इटालियन सिरी ‘ए’ : लाजियो विजयी

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा आज बिहान सम्पन्न खेलमा घरेलु टोली लाजियो विजयी भएको छ। लाजियोले स्टेडियो ओलम्पिकोमा भएको खेलमा भेनेजियामाथि १–० को कठिन जित हात पारेको हो। खेलको ५८ औं मिनेटमा सिरो इम्मोबिलेले पेनाल्टीमार्फत गरेको एक मात्रै गोल लाजियोको जितमा निर्णय बन्यो। लाजियोका लागि इम्मोबिलेको यो १४४ औं लिग गोल हो। योसँगै उनी सिरी ‘ए’ मा लाजियोका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

इम्मोबिले २०२ खेलमा सिल्भियो पियोलको कीर्तिमान पनि तोडेका हुन्। पियोलले सन् १९३४ देखि १९४३ सम्म लाजियोबाट २२७ खेलमा १४३ गोल गर्दै कीर्तिमान बनाएका थिए। यो जितसँगै २९ खेलमा ४९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिँदा पराजित भेनेजिया २८ खेलबाट २२ अंकका साथ १८ औं स्थानमा छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×