'ए मेरो हजुर –४' को ट्रेलर सार्वजनिक

काठमाडौँ – झरना थापाको फ्रेन्चाइज फिल्म 'ए मेरो हजुर'को चौथो सिक्वेल 'ए मेरो हजुर-४' को ट्रेलर सार्वजनिक गरिएको छ।

नायिका एवं निर्देशक थापाको निर्देशनमा बनेको फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रेमलाई प्रस्तुत गरिएको अनुमान ट्रेलरबाट लगाउन सकिन्छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा ट्रेलर सार्वर्जनिक गर्दै फिल्मको निर्माण पक्षले फिल्मका अघिल्ला भागहरुलाई जस्तै यो भागलाई पनि दर्शकले माया गर्ने अपेक्षा रहेको बताएका छन्।

‘ए मेरो हजुर ४’लाई लिएर लामो समयदेखि दर्शकमा प्रतिक्षा रहेको छ। आगामी वैशाख १ गते प्रदर्शनमा आउने फिल्मलाई दर्शकले आफूले गरेको अपेक्षाअनुसारको माया गर्ने निर्माण पक्षले विश्वास लिएको छ।

वैशाख १ प्रदर्शन हुने भिनएको ‘ए मेरो हजुर ४’सँगै दक्षिण भारतीय फिल्म ‘केजिएफ २’को पनि प्रदर्शन हुनेछ।


हेर्नुहोस् ट्रेलर


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×