काठमाडौँ - साउदी अरबको सरकारले जागिरेहरूलाई इदको उपहार दिने निर्णय गरेको छ। साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले सोमबार औपचारिक रूपमा इदको लामो छुट्टी घोषणा गरेको छ।
मन्त्रालयले एक ट्विटमा निजी र गैर नाफामुखी क्षेत्रमा काम गर्नेहरूले इदमा चार दिनको छुट्टीको आनन्द उठाउन सक्ने बताएको छ। यो छुट्टी २० अप्रिलपछि सुरु हुनेछ।
अर्थात् कर्मचारीले अब शुक्रवार–शनिवार पाउने विकेन्ड अफबाहेक लामो छुट्टीको फाइदा लिन सक्नुहुन्छ। केही कार्यालयमा २७ अप्रिलबाट काम सुरु हुनेछ।
यस वर्ष २३ मार्च रमजान सुरु भएको थियो। यसको करिब एक महिनापछि रमजानको अन्तिम दिन ईद–उल–फितर मनाइनेछ।