रणबीर र आलियाको 'ब्रह्मास्त्र' एसएस राजामौलीले पनि बनाउने

 

भारत। बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र 'ब्रह्मास्त्र'को पहिलो सिक्वलसँग समबन्धित एउटा ठुलो खबर आएको छ। लोकप्रिय चलचित्र निर्माता एसएस राजामौलीले दक्षिण भारतका चार भाषा तमिल, तेलुगु, कन्नड र मलयालममा चलचित्र 'ब्रह्मास्त्र' प्रस्तुत गर्नेछन्। यो कुराको जानकारी निर्माण पक्ष र आलियाले सामाजिक सञ्जालमार्फत दिएका हुन्। चारै भाषामा चलचित्रको मोसन पोस्टर शेयर गरिएको छ। चलचित्रमा रणबीर-आलियाका अलावा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मोनी रोय र डिम्पल कपाडिया मुख्य भूमिकामा देखिनेछन्। अयान मुखर्जीको निर्देशनमा बनिरहेको चलचित्रको पहिलो सिक्वल ९ सेप्टेम्बर २०२२मा प्रदर्शन हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×