काठमाडौँ - चर्चित सांगीतिक जोडी गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोख्रेल आमाबुबा बन्ने भएका छन्। अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू पहिलो सन्तानको माता-पिता बन्न तयार रहेको जानकारी दिएका हुन्। उनले पत्नी दुर्गा खरेलको १ तस्बिर पोष्ट गर्दै लेखेका छन्, 'तिमीभित्र हाम्रो खुसी फुल्दैछ पियारी'।
अढाई महिनाको प्रेग्नेंसी टाइम भएको र बच्चाको हार्टबिट महसुस गरेपछि यो खुशी सबैलाई शेयर गर्न मन लागेकोले सामाजिक सञ्जालबाट खुसी बाँडेको अर्जुनले बताएका छन्।
अर्जुनको उक्त पोष्टमा धेरैले बधाई दिइरहेका छन्। अर्जुन र दुर्गाले गत २०७७ असारमा केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका थिए। अर्जुन नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा व्यस्त संगीतकार हुन्। दुर्गा पनि गायनमा स्थापित नाम हो।