च्याम्पियन्स लिग उपाधिका लागि रियल म्याड्रिड र लिभरपुल भिड्ने

काठमाडौँ - च्याम्पियन्स लिगको आगामी २८ मेमा फ्रान्सको राजधानी पेरिसमा हुने फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र इग्लिस क्लब लिभरपुलबीच भिड्न्त हुनेछ। रियालले बिहीबार बिहान इग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। हिजो लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

रियलले म्यानचेस्टर सिटीविरुद्ध बिहीबार बिहान आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको हो। सिटीको मैदानमा भएको पहिलो लेगमा रियल ४–३ गोल अन्तरमा पराजित भएको थियो। यो जीतसँगै रियलले समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो।

रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×