काठमाडौँ - जर्मनी युइएफए नेसन्स लिगमा हंगेरीसँग पराजित भएको छ। समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनी हंगेरीसँग १-० गोल अन्तरले पराजित भएको हो।
रेडबुल एरिना लाइप्जिगमा हंगेरीलाई जित दिलाउन एडम सजलाईले १७ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ। हंगेरीले ५ खेलमा १० अंक जोडेको छ। जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।