काठमाडौँ - साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पाः द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो। हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए। अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ।
‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुन लागेको उल्लेख गरिएकोका छ। यसको अघिल्लो पार्ट १ सय ९५ करोडमा निर्माण भएको थियो। अघिल्लो पार्टको सफलतापछि निर्माण टिमले दोस्रो पार्टलाई अझ भव्य बनाउन करोडौं खर्च गर्न लागेको हो। सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पाः द रूल’को केही महिनादेखि तीव्र गतिमा स्क्रिप्ट लेखनको काम भइरहेको छ।
२०२३ को जनवरीबाट छायांकन सुरु हुने फिल्मको दोस्रो पार्टको प्रायः सिनको छायांकन पहिलो पार्ट खिचिएको ईस्ट गोदावरीको मारेदुमिली जंगलमै हुनेछ।