काठमाडौँ। नेपाली चलचित्र ‘ठगराज’ बन्ने भएको छ। लक्ष्मण सुवेदीको निर्देशन रहने चलचित्रको घोषणा सुवेदीले आफ्नो जन्म दिनको अवसरमा बुधबार गरेका हुन्। निर्देशनमा आउनु अघि सुवेदी चलचित्र पत्रकार थिए। चलचित्रमा उनकै लेखन रहेको छ।
दिलासा क्रियसनको ब्यानरमा र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा बन्न लागेको चलचित्र समबन्धि अन्य जानकारी चाडैं नै दिइने बताईएको छ।
चलचित्रको छायांकन चैतको अन्तिमबाट सुरु हुने जनाईएको छ। चलचित्रमा सामाजिक, कमेडी, प्रेम र सेन्टिमेन्ट सबै जोडिएको छ। सुवेदीले यसअघि पनि धेरै नेपाली चलचित्रमा आफ्नो लेखन तथा निर्देशन दिइसकेका छन्।