पोखरामा आन्दोलनकारीले घर र गाडीमा आगजनी, एक महिलाको मृत्यु

२५ भदौ, काठमाडौं। पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको घरमा आन्दोलनकारीहरूले आगजनी गर्दा घर, गाडी सोरुम र व्यवसायिक प्रतिष्ठान जले। घटनास्थलमा काम गर्ने एक महिलाको शव फेला परेको छ।

मंगलबारको प्रदर्शनमा गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर पनि लक्षित गरिएको थियो। प्रहरीले आगजनी भएको घरको निरीक्षण गरिरहेको छ र मृतक महिलाको पहिचान तथा घटनाका कारणबारे अनुसन्धान अघि बढाएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×