काठमाडौं । संघीय संसद अन्तर्गत आज (आइतबार) दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले बताएको छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।
आजै दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । यसका अलावा राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।