'सहिद स्मारक ए डिभिजन लिग' : कसको अंक कति?

काठमाडौँ। हाल भइरहेको 'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गतका पहिलो चरणका खेलहरु समाप्त भएका छन्।  मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच सोमबार भएको खेल नै पहिलो चरणको अन्तिम खेल थियो। पहिलो चरणमा भएको ७ खेलमा चार टोलीले  जित निकाल्दै ३ अंक हासिल गरेका छन्। त्यसैगरि  ६ टोलीले एक अंक र चार टोलीले कुनै अंक जोड्न सकेनन्। पहिलो चरण पश्चात थ्री स्टार,मनाङ मर्स्याङ्दी,ब्रिगेड ब्वाइज र मछिन्द्र क्लबसँग ३/३ अंक रहेको छ। थ्री स्टार शीर्ष स्थानमा रहेको छ। क्रमश पाँचौं स्थानमा हिमालयन शेर्पा,संकटा छैटौँ,त्रिभुवन आर्मी सातौं,सातदोबाटो युथ क्लब नवौं,जावलाखेल ११ औं, एनआरटी १२ औं, एपीएफ १३ औं र च्यासल युथ क्लब अन्तिममा रहेको छ।  शुक्रबारबाट दोस्रो चरणको खेलहरु हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×