सुरक्षाको ‘बुलाकी’ को छायांकन सकियो

काठमाडौँ l नेपाली चलचित्रकी अभिनेत्री सुरक्षा पन्तको निर्माणाधीन चलचित्र ‘बुलाकी’ को छायांकन सम्पन्न भएको छ l चलचित्रको छायांकन डोल्पामा २४ औ दिनमा सकिएको हो l जारी प्रथामा आधारित चलचित्रको छायांकनको काम सकेर निर्माण टोली काठमाडौँ फर्किएको छ l लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले आदि कलाकारहरुको अभिनय रहेको छ l दुई वटा गीत खिच्न बाँकी रहेको चलचित्रमा निर्देशककै कथा रहेको छ l मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता, सौगात कँडेल सह-निर्माता रहेको चलचित्रको छायांकन डोल्पामा खिचिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×