येभगेनी प्रिगोजिन : विमान दुर्घटनाबारे पुटिनले मौनता तोडे

काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी निजी सेना प्रमुख येभगेनीको विमान दुर्घटनामा मृत्यु भएकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन्।

पुटिनले दुर्घटनामा मारिएका सबै यात्रुका परिवारलाई श्रद्धाञ्जली दिएका छन्। त्यस्तै वाग्नर समूहका संस्थापक प्रिगोजिनलाई एक प्रतिभाशाली व्यापारी बताए।

आफ्नो टेलिभिजन सम्बोधनमा पुटिनले भने, ‘यो घटनाको अनुसन्धान भइरहेको छ। अनुसन्धानकर्ताहरूले के भयो भनेर हेर्नेछन् तर यसमा समय लाग्नेछ।’

पुटिनले बिहीबार बिहान दुर्घटनाको जानकारी पाएको बताए।

पुटिनले भने, ‘जहाँसम्म मलाई थाहा छ, प्रिगोजिन हिजो मात्र अफ्रिकाबाट फर्केका थिए। त्यहाँ उनले केही अधिकारीलाई भेटे।’

‘मैले प्रिगोजिनलाई लामो समयदेखि चिनेको छु, १९९० को सुरुवातदेखि। उनी एक यस्ता व्यक्ति थिए जसले आफ्नो जीवनमा गम्भीर गल्ती गरे र उनी आफ्नो भाग्यसँग लडिरहेका थिए। तर उनले आवश्यक कुराहरू हासिल गर्ने कोसिस पनि गरे – आफ्ना लागि र सर्वसाधारणका लागि पनि।’

पुटिन थप्छन्, ‘प्रारम्भिक अनुसन्धानले वाग्नर कम्पनीका कर्मचारीहरू विमानमा सवार थिए भनेर देखाएको छ। म ध्यान आकृष्ट गर्न चाहन्छु कि उनीहरु ती व्यक्ति हुन् जसले युक्रेनमा नयाँ नाजी शासनसँग लड्न हाम्रो साझा उद्देश्यमा महत्त्वपूर्ण योगदान दिएका छन्। हामी यो कुरा सम्झिरहनेछौँ। यसलाई बिर्सने छैनौँ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×