जेनजी आन्दोलनपछि एमालेको पहिलो बैठक च्यासलमा सम्पन्न

 

काठमाडौं । जेनजी आन्दोलनपछिको क्षतिग्रस्त अवस्थामै नेकपा एमालेले पहिलो पटक आफ्नो च्यासलस्थित पार्टी कार्यालयमा बैठक गरेको छ। बुधबार बसेको यस बैठकमा जनसंगठन, सम्पर्क समिति, बागमती इन्चार्ज, अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुखहरूको संयुक्त सहभागिता थियो।

बैठकको प्रारम्भमा आन्दोलनका क्रममा शहीद भएका प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा असोज ३ गते हुने संविधान दिवस समारोहको तयारीबारे मुख्य छलफल भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकमा महासचिव शंकर पोखरेलसहित वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। एमालेले आन्दोलनपछि पहिलो गतिविधिका रूपमा संविधान दिवसलाई विशेष रुपमा मनाउने तयारी गरेको जनाएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×