काठमाडौँ। ओस्कार अवार्डको नोमिनेसनमा परेका ८२ वर्षीय हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ। उनको हिजो राति आफ्नै घरमा निधन भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पार्किन्सनको जटिल रोगका कारण उनको मृत्यु भएको उनकी छोरी एन्टोनिया बोगदानोभिचले जनाएकी छिन्। अमेरिकाको लस एन्जलसमा बस्दै आएका उनी ७० औँ दशकका चर्चित फिल्म निर्देशकमध्ये एक थिए। पहिला चलचित्र पत्रकारिता गरेका उनले सन् १९७०मा चलचित्र ‘द वाइल्ड एन्जल्स'बाट आफ्नो चलचित्रको यात्र सुरु गरेका हुन्। उनको निर्देशनमा बनेको 'द लास्ट पिक्चर शो' र 'पेपर मुन' अस्कर नोमिनेसनमा परेका थिए।