५ असोज, काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ, जुन यसअघि मंगलबार कायम भएको उच्च मूल्य बराबर हो।
अघिल्लो दिन सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीमा पनि नयाँ रेकर्ड बनेको छ। प्रतितोला ४० रुपैयाँले बढ्दै यसको मूल्य २६२० रुपैयाँमा पुगेको छ।