प्रदेशस्तरीय क्विज प्रतियोगितामा बरुण कलेज प्रथम

झापा - झापाको सूर्योदय टेलिभिजनले सञ्चालन गरेको प्रदेश नं १ स्तरीय क्विज प्रतियोगितामा सङ्खुवासभाको बरुण मल्टिपल कलेज प्रथम भएको छ। प्रदेशभरका सय कलेजको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम भएको बरुले मल्टिपल कलेजले प्रमाणपत्रसहित रु ५० हजार पुरस्कार पाएको छ। अन्तिम चरणको प्रतियोगिता शुक्रबर राति सूर्योदय टेलिभिजनबाट प्रसारण गरिएको थियो। प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो र दमकको मोडल क्याम्पस तेस्रो भएको उक्त टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु मैनालीले जानकारी दिए। 

झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको टेलिभिजनले हरेक वर्ष प्रदेशको कलेजस्तरीय क्विज प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसपटकको प्रतियोागिता छैटौँ चरणको हो। प्रतियोगितामा दोस्रो र तेस्रो हुने कलेजले क्रमशः रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले पुरस्कार प्रदान गर्दै यस्ता प्रतियोगिताबाट विद्यार्थीहरुको अध्ययन र बौद्धिक क्षमता बढाउन योगदान पुग्ने बताइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×