फिल्म पाउन छाडेका कारण केबीसीमा आएको थिए : अमिताभ बच्चन

काठमाडौँ। अभिनेता अमिताभ बच्चनले आफू क्वीज शो 'कौन बनेगा करोडपति' (केबीसी)मा फिल्म पाउन छाडेका कारण आएको रहस्य खुलाएका छन्। शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसियाली मनाउन अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिएका थिए। शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए। यस विशेष एपिसोडमा अमिताभकी पत्नी जया बच्चन पनि भर्चुअल रूपमा सहभागी भइन्। यस दौरान अमिताभले उक्त रहस्य उजागर पारेका हुन्।

उनले भने,'जब म फिल्मबाट टिभीतर्फ आउँदै थिएँ, धेरैले मलाई यस्तो नगर्न सुझाव दिए। यसले मेरो छविलाई नोक्सान पुग्ने उनीहरूको भनाइ थियो। तर त्यो बेला मेरा केही बाध्हयतारू थिए। मैले फिल्ममा काम पाइरहेको थिइनँ । त्यही भएर म टिभीमा आउनुपर्‍यो।' केहीबेर उनी भावुक पनि बनेका थिए। 

'तर पहिलो पटक कार्यक्रम प्रसारण भएपछि जस्ता प्रतिक्रियाहरू आए, त्यसले मलाई पुरै दुनियाँ नै बदलिएको जस्तो लाग्यो,' उनको भनाइ थियो। 

दुई दशकको यात्रामा कार्यक्रमले नयाँ आयाम हासिल गर्न सफल भएको छ। कार्यक्रमको यात्रालाई निर्माताले एक भिडियो मार्फत दर्शकसँग साझा गरेका थिए । यसलाई देखेर अमिताभ निकै भावुक बने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×