दाङमा दुई सडक दुर्घटना; तीनजनाको मृत्यु

काठमाडौँ - दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन्। दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो।

त्यसैगरी, घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का आठ वर्षीय योगेश बस्नेतको मुत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

ट्रक चालक  प्रहरीको नियन्त्रणमा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×