‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरकरुपमा बुझ्ने गरी पस्कन नहुने बताएका छन्। 

प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उहाँले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समानरुपमा हेर्नुपर्नेमा त्यो हुन नसकिरहेको औँल्याए। मिडियाले एमालेले सरकारको नेतृत्व गर्दा उठाएका विषयलाई अहिले बेवास्ता गरेको अध्यक्ष ओलीको भनाइ थियो। उनले भने “मिडियाले सत्य स्थापित गर्न लाग्न आवश्यक छ।”

न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठनको गत फागुन २७ र २८ गते पोखरामा सम्पन्न महाधिवेशनले सकेसम्म समावेशी नेतृत्व चयनको प्रयास गरेको बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×