नेता गच्छदारको क्षेत्रमा अधिवेशन स्थगित

काठमाडौँ । बिहीबार बिहान ९ बजेदेखि तय गरिएको नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी-३ को कांग्रेस अधिवेशन स्थगित गरिएको छ।

मतदान सुरु हुनु अघि मुचुल्का र अन्य कार्यका लागि उम्मेदवार र केही प्रतिनिधि अनुपस्थित भएकाले अधिवेशन स्थगित गरिएको मतदान अधिकृत देवनारायण यादवले जानकारी दिए। कुन उम्मेदवार अनुपस्थित रहेको बारे मतदान अधिकृतले खुलाएका छैनन्। सुनसरी-३ उपसभापति विजयकुमार गच्छदार निर्वाचन लडेको क्षेत्रसमेत हो। 

सुनसरीका अन्य तीन क्षेत्रको अधिवेशन भने सकिएको छ। सुनसरी-४ मा संस्थापन पक्षीय सभापति विजयी भएका छन् भने अन्यमा संस्थापनइतरले जीत निकालेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×